नेप्सेमा ४२ करोडको कारोबार


काठमाडौं, जेठ २१ ।  सरकारले हकप्रद र बोनश शेयमा पनि आय कर लगाउने निर्णय गरेसँगै आइतबार ३४ अंकले ह्रास आएको नेप्से परिसूचक सोमबार भने सम्हालिएर कारोबार भएको छ। यसदिन पनि ओरालोक्रम भने जारी रह्यो।

सुरुवातमा तिब्र अंकले ह्रास आएको नेप्से दुई घण्टा कारोबार हुँदा कारोबार हुदाँको विन्दु भन्दा आठ अंक माथि उक्लिएको थियो। तथापि बजार बन्दहुने समयसम्म पाँच अंकको ह्रास अंक कायम भइ १२ सय ६८ अंक कायम रहेको छ।

हकप्रद र बोनश शेयर लगाएको लाभकर फिर्ता लिन दबाब दिन शेयर लगानीकर्ताहरूले सोमबार कारोबार नगर्नको लागि समेत लगानीकर्ताहरूलाई अपिल गरे। तर लगानीकर्ताहरूको अपिल विपरित यसदिन १५७ कम्पनीका ४२ करोड ४४ लाख रुपैयाँको कारोबार भयो।

लगानीकर्ताहरूका तीन संस्थाका प्रतिनिधिहरू अर्थमन्त्रीलाई भेट्न अर्थमन्त्रालय पुगेता पनि मन्त्रीलाई भेट्न भने उनीहरुले नपाएपछि सहसचिव मुकुन्दप्रसाद पौडेललाई आफ्ना कुरा राखेर फर्किएका थिए। साथै लगानीकर्ताहरूले नेपाल स्टक एक्स्चेन्जको कार्यलयमा समेत सोमबार प्रदर्शन गरेका छन्।

यसमा तपाइको मत