अब पुरानै विधिबाट सेयरमा पुँजीगत लाभकर गणना गर्ने,सरकार आफ्नो निर्णयबाट पछि हट्यो


काठमाडौं, जेठ २३ । लगानीकर्ता र ब्रोकर कम्पनीको व्यापक विरोधपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको छ । सरकारले आफ्नो निर्णय फिर्ता लिँदै अब पुरानै विधिबाट सेयरमा पुँजीगत लाभकर गणना गर्ने भएको छ ।
हकप्रद र बोनस सेयरको आधार मूल्यमै लाभकर लिने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै आएका लगानीकर्ताहरुले मंगलबार सेयर कारोबार ठप्प नै पारेका थिए ।

अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागलाई पूरानै विधिबाट पुँजीगत लाभकर गणना गर्न पत्र पठाएको छ ।

अर्थ मन्त्रालयका एक अधिकारीले पुरानै विधिबाट बोनस र हकप्रद सेयरमा लाभकर लगाउन आन्तरिक राजस्व विभागलाई निर्देशनसहितको पत्र पठाइएको जानकारी दिए ।

यसमा तपाइको मत