जिप दुर्घटनामा तीनको मृत्यु, ५ घाइते


बझाङ, जेठ २४ । जिल्लाको छविस पाथिभरा गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकसहित एक दम्पतिको मृत्यु भएको छ ।

बुधबार भाँडेबगरबाट ब्यासीतर्फ जाँदै गरेको से १ ज ८३७ नम्बरको जिप छविसपाथिभेरा गाउँपालिका वडा नम्बर ४ को नेटाखान भन्ने ठाउँमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा जीप चालक लाल बहादुर भण्डारी, यात्रु ४५ वर्षीया वीरेन्द्रबहादुर सिहं र उनकी ३८ वर्षीया पत्नी जलादेवी सिहं छन् ।

जिपमा ८ यात्रु सवार रहेका थिए । दुर्घटनामा छविसपाथीभेरा गाउँपालिकाका अन्य ५ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत