म्याच फिक्सिङको आरोप लागेका फुटबलहरुलाई सफाइ


विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा म्याच फिक्सिङको आरोप लागेका राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापासहित चार फुटबलर, एक प्रशिक्षक र एक फिजियोथेरापिस्टलाई विशेष अदालतले बिहीबार सफाइ दिएको छ।

राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, खेलाडीहरु विकाससिंह क्षेत्री, रितेश थापा र सन्दीप राई, प्रशिक्षक अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापालाई विशेष अदालतले सफाइ दिएको हो। अदालतले सफाइ दिए पनि यिनीहरुमाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले  लगाएको आजीवन प्रतिबन्ध कायमै रहेकाले उनीहरुले खेल्न भने पाउने छैनन्।

विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, प्रमोद कुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले राज्यविरुद्धको अपराध मुद्दामा उनीहरुलाई सफाइ दिएको हो। उनीहरुमाथि इराक, फिलिपिन्स, अफगानिस्तान, कुवेत लगायतका राष्ट्रमा भएका प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोप लागेको थियो।

उनीहरुबिरुद्ध २०७२ कात्तिक २२ गते विशेष अदालतमा मुद्दा दर्ता भएको थियो।

यी खेलाडीहरुमाथि थुप्रै अन्तर्राष्ट्रिय खेलमा ५ हजार अमेरिकी डलरसम्म लिएर म्याच फिक्सिङ गरेको आरोप लागेको थियो।

यसमा तपाइको मत