अबको १० वर्ष विकास, समृद्धि र सुशासनका लागि संघर्ष गरौंः प्रचण्ड


काठमाडौं, जेठ २७ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थिरता, विकास र समृद्धिलाई सँगसँगै जोडेर अघि बढाउनु पर्नेमा जोड दिएका छन् ।
रातोपाटी डटकमको पाँचौ वार्षिक उत्सवका अवसरमा आइतबार राजधानीमा आयोजित विशेष कार्यक्रममा बोल्दै  प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ‘ स्थिरता, सुशासन र समृद्धिलाई सँगसँगै अघि बढाउनु पर्छ । स्थिरता, सुशासन र समृद्धि एउटा मात्रै  भएन भने समृद्धि अपांगजस्तो बन्न पुग्छ । यीनीहरु अर्कामा अन्तरसम्बन्धित रहेका छन् ।’

अब १०  वर्ष विकास, समृद्धि र सुशासनको लागि संघर्ष गर्नुपर्ने भन्दै   प्रचण्डले ऐतिहासिक रुपमा प्राप्त गरेको यो अवसरमा नेकपाका महासचिव विप्लवसतिका बाहिर रहेका शक्तिहरुलाई पनि सहभागि हुन आग्रह गरे ।
नेकपाका महासचिव  विप्लवप्रति लक्षित गर्दै प्रचण्डले भने, ‘ म त जनयुद्ध पनि गरेको आएको मान्छे हुँ । तर, अहिले देश नयाँ चरणमा प्रवेश  गरिसकेको छ   । अब  १० वर्षसम्म नयाँ आन्दोन गर्नुपर्ने आवश्यकता रहेको छैन।   न्याय र आर्थिक समृद्धिसहितको समाजवाद निर्माणका लागि हामी सहकार्य गरौं ।’

उनले नीजि क्षेत्रलाई अघि नबढाउने हो भने  कुनै पनि देशको विकास हुनै नसक्ने बताए ।  नेपालको विकासको लागि अनुकूल वातावण बनाएर बाह्य लगानी भित्र्याउन  विदेशीलाई विश्वासमा लिन आवश्यक रहेको पनि प्रचण्डले बताए ।

यसमा तपाइको मत