संघीय संसदको संयुक्त बैठक बस्दै : नियमावली पारित हुने


काठमाडौं, जेठ २८ ।  प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त नियमावली पारित गर्न सोमबार दिउँसो १ बजे संघीय संसदको संयुक्त बैठक बस्ने भएको छ। संसद् सचिवालयका अनुसार आज बस्ने संयुक्त बैठकको कार्यसूचीमा दुवै सदनको संयुक्त नियमावली पारित गर्ने रहेको छ।

पछिल्लो समय बहसमा रहेको नियमावलीमा सांसदको पद निलम्बनको कुरा रहेको छ। जसमा कुनै फौजदारी अभियोग लागेका सांसदलाई स्वतः निलम्बनको प्रावधान नराखी उसले पाउने सबै सेवा सुविधा नदिने मात्र व्यवस्था गरिएको छ। उक्त नियमावलीलाई गत आइतबार राष्ट्रियसभा र शुक्रबार प्रतिनिधिसभाले पारित गरिसकेका छन्।

यसमा तपाइको मत