बालाजुका दूध डेरीमा कृषिमन्त्रीको छापा


काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रभित्र रहेका २ डेरीका ४ गोदाममा सरकारले शिलबन्दी गरिदिएको छ । भारतबाट आयात गरिएका मिति गुज्रिएकाे पाउडर दुधमा मख्खन घोलेर दुख बेच्ने गरेको पाईएपछि  कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल सहितको टोलीले सोमबार ४ गोदाममा शिलबन्दी गरेको हो । मन्त्रीले अनुगमन गर्दा उद्योगको गोदाममा मिति गुज्रिएकाे पाउडरका बोरा भेटिएका थिए ।

भारतबार एक बोरा किन्दा एक बोरा सित्तैमा पाउने पाउडर व्यापारीले भित्राए मख्खन मिसाउदै दुधका प्यकेट बनाएर गुणस्तरहिन दुध बेच्ने गरेको श्रोतको दावी छ । मन्त्री खनाल सहितको टोलीले अनुगमन गरी आधुनिक डेरी पोड्क्ट प्रा.लि.का तीन वटा गोदाममा र पुष्प डेरीमा शिलबन्दी गरेको छ ।

साथै सामुहिक कृषक लिमिटेडको उत्पादन शुलभ डेरी र सरकारी स्वामित्वको नेपाल दुग्ध विकास संस्थान (डिडिसी)मा पनि मन्त्रीको टोलीले अनुगमन गरेको छ ।   अनुगमनपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले परिणाम नआउँदा सम्म अनुगमन जारी राखिने बताए ।

यसअघि सोमबार बिहान काठमाण्डौंका सबै डेरीबाट दुधजन्य पदार्थको ३० वटा नमुना संकलन गरेर गुणस्तर तथा नापतौल विभागमा परीक्षणका लागि पठाइएको छ ।  त्यसको परिणाम बेलुकी सम्म दिन मन्त्री खनालले निर्देशन दिएका छन् । केही दिन यता मन्त्री खनालले अनुगमनलाई निरन्तरता दिइरहेका छन् ।

यसअघि गरिएको अनुगमनमा कालिमाटी र बालाजुमा व्यवसाय गर्ने ९९ जना फलफूल, तरकारी र माछा व्यापारीलाइ खतराको रातो सूचिमा राखिएको छ । अहिलेसम्मको अध्ययन र कृषिमन्त्रीको अनुगमनका आधारमा उनीहरुलाई खतराको सूचिमा राखिएको हो ।

 

यसमा तपाइको मत