१० वर्षमा १५ हजार बिजुली उत्पादन गर्ने उर्जा मन्त्रालयको तयारी


काठमाडौं : उर्जा,जलस्रोत एवम् सिञ्चाईमन्त्री बर्षमान पुनले विद्युतीय उर्जामा देशलाई आत्मनिर्भर बनाउने दाबी गरेका छन् । पिएचडी एसोसियसनको कार्यक्रमलाई सोमबार ललितपुरमा सम्बोधन गर्दै मन्त्री पुनले छिट्टै देशलाई उर्जामा आत्मनिर्भर बनाउने घोषणा गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले आगामी १० वर्षमा १५ हजार बिजुली उत्पादन गर्ने उर्जा मन्त्रालयको तयारी रहेको भन्दै विद्युत खपतको क्षमता समेत गुणात्मक रुपमा बृद्धि गर्ने योजना रहेको बताए ।

उनले भने–‘बिजुली उत्पादन भएपछि बजारको हामीलाई समस्या हुँदैन, हामी १० हजार खपत गर्ने आन्तरिक बजार बनाउँछौं, बाँकी ५ हजार हामीले निर्यात गर्ने योजना बनाएका छौ ।’

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य समेत रहेका मन्त्री पुनले विकासको मुख्य इन्जिन भनेको उर्जा र सिञ्चाई भएको बताए ।  उनले सरकारले यो दशक उर्जा दशकको रुपमा बनाउने घोषणा गरिसकेको बताउँदै आगामी ५ वर्षमा सबै जनताको पहुँचमा आधुनिक उर्जा पुर्याउने योजना रहेको बताए ।

मन्त्री पुनले आगामी ५ वर्षमा उद्योगी व्यवसायीले मागेजति विद्युतीय उर्जा दिन सरकार सक्षम हुने दाबी समेत गरे ।

यसमा तपाइको मत