टिपरको ठक्करबाट जडिबुटीमा स्कुटर चालकको मृत्यु


काठमाडौं, जेठ ३० । काठमाडौंको जडिबुटीमा ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । विहान पौने १२ बजे बा ४ ख ३५५८ नम्बरको ट्रिपरले बा ७० प ९३९९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार काभ्रे बनेपाकी २४ वर्षीया अस्मिता भण्डारीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी भण्डारीको उपचारका क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको प्रहरी वृत्त कोटेश्वरका प्रहरी निरीक्षक राजु लामाले जानकारी दिए । भण्डारीका श्रीमान् स्कुटर चालक २६ वर्षीय आशिष जोशीको अवस्था भने सामान्य रहेको लामाले बताए ।

दुर्घटनापछि स्थानीय बासिन्दाले ट्रिपरमा तोडफोड गर्नुका साथै आगजनी गरिदिएका छन् । ट्रिपरमा लागेको आगो प्रहरी वृत्त कोटेश्वरलनभाएको छ । दुर्घटनालगत्तै अवरुद्ध भएको यातायात खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत