अहिले सम्मकै ठूलो परिणामको घरेलु मदिरा नष्ट


काठमाडौं, जेठ ३० । महानगरीय प्रहरी  परिसर काठमाडौंले उपत्यकाका विभिन्न ठाउँबाट बरामद गरेको ५० हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ।

महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलका अनुसार यति ठूलो परिणामको घरेलु मदिरा ममहानगरीय प्रहरी परिसर काठमाडौंको पछाडिको ढलमा फालेर नष्ट गरिएको हो।

यति ठूलो मात्रामा घरेलु मदिरा नष्ट गरेको यो पहिलोपटक भएको पनि प्रहरी उपरीक्षक पोखरेलले बताए। घरेलु मदिरकाकै कारण उपत्यकामा विभिन्न अपाराधिक घटना हुने गरेको भन्दै महानगरीय प्रहरी परिसरले केही महिनाअघिदेखि घरेलु मदिरा नष्ट गर्ने अभियान चलाएको छ।

यसमा तपाइको मत