बाजेको सेकुवाको ६ शाखामा छापा


काठमाडौं, जेठ ३० ।  सुन तस्करीका विषयमा अनुसन्धान गर्न सरकारद्धारा गठित छानबिन समितिले चेतनाथ (चेतन) भण्डारीद्वारा सञ्चालित बाजेको सेकुवा रेस्टुरेन्टका ६ वटा शाखामा छापा मारेको छ।

विशेष छानबिन समितिका संयोजक गृह मन्त्रालयका सहसचिव ईश्‍वरराज पौडेलको नेतृत्वमा गएको टोलीले बुधबार छापा मारेको हो। छापा मार्नु अगाडि अदालतबाट आदेश लिएर गएको गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलले बताएका छन्।

उनका अनुसार काठमाडौं उपत्‍यकामा बाजेको सेकुवाको १० वटा शाखा भए पनि त्‍यसमध्‍ये ६ वटामा छापा मारी शिलबन्दी गरिएको छ। बाँकी चार वामा भने छानबिन भइरहेको छ।

यसअघि ३३ किलो सुन तस्करीका नाइके चूडामणि उप्रेती ‘गोरे’सँग मिलेर रेस्टुरेन्टका सञ्चालक भण्डारीले सुन तस्करीमा लगानी गरेको रहस्य खुलेको थियो। यसका साथै समितिले भण्डारीको बैंक खाता तथा घरजग्‍गा समेत रोकक्का गरिसकेको छ।

यसअघि राजेन्द्र शाक्य सञ्‍चालक रहेको न्‍यूरोड र दरवारमार्गमा अवस्थित आरके ज्वेलर्समा छानविन समितिले छापा मारी २० करोड मूल्‍य बराबरको गहना जफत गरको थियो।

यसमा तपाइको मत