चीनसँग सहयोग अभिवृद्धिसम्बन्धी १० वटा सम्झौतामा हस्ताक्षर


बेईजिङ, असार ७ । नेपाल र चीनबीच काठमाण्डौसम्म रेल ल्याउने लगायतका बिभिन्न परियोजनासहित १० वटा सम्झौतामा हस्ताक्षर भएको । ४ वटा परियोजनामा समझदारी जुटेको छ ।

बेईजिङमा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका समकक्षी ली खछ्याङको उपस्थितीमा दुई देशका अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । केरुङसम्म आएको चिनियाँ रेललाई काठमाडौंसम्म ल्याउनसहमतिपत्रमा हस्ताक्षर भएको छ । केरुङ–काठमाडौं रुटमा ईलेक्ट्रिक कार्गो रेल सञ्चालनका लागि लिक निर्माण गर्ने सहमति भएको हो ।

नेपाल–चीन जोड्ने रेलका बिषयमा निकै चर्चा रहेपनि कस्तो रेल सञ्चालन गर्ने भन्ने अन्यौल थियो । यस्तै दुई देशबीच सुख्खा बन्दरगाह बनाउने विषयमा पनि सहमति भएको छ । यस्तै बिद्युत प्रसारण लाईन बिस्तार, नेपालका लागि चीनले आर्थिक र प्राविधिक सहयोग गर्ने, तातोपानी नाकामा पुल निर्माण गर्ने, केरुङ नाकामा मैत्रीपुर्ण पुल निर्माण गर्ने लगायतका विषयमा सहमति भएको छ ।

यसअघि हिजो प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटमा भएको समझदारी अनुसार आज सम्झौता भएको हो । दुई देशका प्रतिनिधिमण्डलस्तरीय वार्तामा पुराना समझदारी र केहि नयाँ योजनामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत