स्थानीय तहले आज आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दै


काठमाडौं, असार १० । स्थानीय तहले आज आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दैछन् । स्थानीय तहले वर्षभरि हुने खर्च, वित्तीय व्यवस्थापन, स्थानीय राजस्व तथा सरकारले दिने आम्दानीका स्रोत सहितको बजेट सार्वजनिक गर्न लागेका हुन् ।

७ सय ५३ मध्ये केही स्थानीय तहले भने हिजो नै बजेट सार्वजनिक गरिसकेका छन् । स्थानीय तहले बजेट स्थानीय व्यवस्थापिका गाउँ र नगर सभामा पेश गर्नेछन् । यसरी गाउँ र नगर सभामा पेश भएको बजेट असार मसान्तसम्म पास गरि सक्नु पर्ने प्रावधान छ ।

संसदमा जस्तै स्थानीय तहले गाउँसभा या नगरसभा मार्फत वर्षभरीको अनुमानित बजेट तयार गर्छन् । यसरी तयार गरेको बजेट स्थानीय तहको प्रमुख वा उपप्रमुख अथवा सदस्यले सभामा पढेर सुनाउने छन् ।

बजेट बनाउँदा आम्दानी, खर्च, स्थानीय स्तरमा हुने राजश्व संकलन, वित्तिय व्यवस्थापन लगायतका विषयलाई समेट्न पाउने छन् । यस्तै सडक, विजुली, खानेपानी लगायतका विषय र बजेटमा सरकारले दिने आम्दानीका श्रोत पनि समेट्नु पर्ने छ । काठमाडौं महानगरपालिकाले दिउँसो चार बजे बजेट पेश गर्दैछ ।

यसमा तपाइको मत