एसइइको पुरक ग्रेडवृद्धि परीक्षा मिति सार्वजनिक


काठमाडौं, असार १२ । राष्ट्रिय परीक्षा बोर्डले गएको चैतमा सञ्चालन गरेको माध्यामिक शिक्षा परीक्षा एसइइको पुरक ग्रेडवृद्धि परीक्षा लिने भएको छ । बोर्डले आज परिक्षा सञ्चालन गर्ने मिति सार्वजनिक गरेको छ ।

परिक्षा आउदो साउन २३ गतेदेखि भदौ २ गतेसम्म हुने बोर्डले जनाएको छ । परीक्षाको समय बिहान ८ देखि ११ बजेसम्म तोकिएको छ । एसईईमा सी वा त्यो भन्दा तल्लो ग्रेड ल्याउने र बढीमा दुई विषयसम्म अनुपस्थित रहेका वा दुई विषयसम्म ग्रेड उल्लेख नभएका परीक्षार्थीका लागि परिक्षा लिन लागेको बोर्डले जनाएको छ ।

यसमा तपाइको मत