नेपालमा भित्रियो सबैभन्दा ठुलो पहिलो बाईडबडी विमान


काठमाडौं, असार १४ ।  नेपाल वायुसेवा निगमले खरीद गरेको वाइडबडी विमान आज काठमाडौँ आइपुगेको छ ।

एयरबस ए ३३०–२०० सिरिजको ९ एन–एएलवाई कलसाइनको अन्नपूर्ण विमान निगमले आज नेपाल आइपुगेको हो ।

२०७३ चैत २५ गते अमेरिकन लिजिङ कम्पनि एएआर कर्पोरेशनमार्फत् एयरबस ए ३३०–२०० सिरिजका दुई विमान खरिद सम्झौता भएको थियो । निगमले दुईटा वाइडबडी खरिदका लागि नागरिक लगानी कोष र कर्मचारी संचय कोषबाट नौ प्रतिशत ब्याजमा २४ अर्ब ऋण लिएको हो । संस्थासँग निगमले १५ वर्षको ऋण तिर्ने समय सिमा राखेको छ ।

१८ विजनेस कलास, २ सय ५६ सिट २७४ सिट क्षमताको वाइड बडी विमानमा १६ वटा विजनेस क्लास सिट छन् ।

विमानले व्यवसायीक उडान आगामी अगस्त एकदेखि गर्ने बताइएको छ । विमान केही समय हालकै निगमको नियमित गन्तव्यमा उडान भर्ने र पछि साउदी अरवको रियादमा थप उडान भर्ने योजना रहको छ ।

निगमले चाडैनै जापान र कोरियामा उठान भर्ने तयारी गरिरहेको छ ।

दोस्रो वाइडबडी विमान पनि पहिलो विमान काठमाडौँमा अवतरण गरेको डेढ–दुई महिनाभित्र अवतरण हुने निमगले जनाएको छ ।

निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानमा दुइटा एयरबस ए३२० र एउटा बोइङ ७५७ छन् ।

 

 

यसमा तपाइको मत