सोलुखुम्बुमा जीप दुर्घटना हुँदा सात जनाको मृत्य,ज्यान गुमाउने सबैको सनाखत


सोलुखुम्बु, असार १५ । सोलुखुम्बुको तिङ्ला चिप्ले भिरमा जिप दुर्घट्ना हुदाँ ७ जनाको मृत्यु भएको छ । बिहान ८ बजे नेचासल्यानबाट सल्लेरीका लागि छुटेको ना १ ज १८६० नम्बरको जिप जिप सावीक तिङ्ला १ गुप्तेश्वर महादेवथान मन्दिर नजिकैको चिप्ले भिरबाट खस्दा ७ जनाको मृत्यु भएको प्रहरी निरिक्षक एवम् सुचना अधिकारी प्रद्युम्न कुमार अधिकारीले जानकारी दिए ।

मृत्यु हुनेमा जिप चालक उदयपुर सिरिसे ८ का ३१ बर्षिया कुसाङ तामाङ, सिरहा सनैखाका ३६ बर्षिया शिबकुमार यादव, ओखलढुंगाको माम्खा ५ का ४० बर्षिया श्यामकुमार राई, खोटाङ खाल्ले ८ का २४ बर्षिया कोपीला बस्नेत कार्की, सोलुखुम्बुको नेचा सल्यान २ का ३५ बर्षिय उर्मीला बास्तोला, सोही स्थानकी २५ बर्षिय शुशिला खड्का र ८ बर्षिया सुष्मा खड्का रहेका छन् ।

दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो भने ८ बर्षिय बालिकाको उपचारका क्रममा जिल्ला अस्पताल फाप्लुमा मृत्यु भएको हो । भिरको कच्ची बाटोमा जिप चिप्लीएर झण्डै १ हजार मिटर तल झरेको थियो ।

यसमा तपाइको मत