नारायणगढ–मुग्लिन सडक अबरुद्ध भए/नभएको सूचना एसएमएसबाटै थाहा पाउने


काठमाडौं, असार १७ । अब नारायणगढ–मुग्लिन सडकखण्डमा सडक अबरुद्ध भए/नभएको सूचना एसएमएसबाटै थाहा पाउन सकिने भएको छ ।

महानगरीय ट्राफिक महाशाखाले सडकको स्थितिबारे जानकारी दिने उद्देश्यले एसएमएस सेवा सुरु गरेको हो ।

महाशाखाका अनुसार  nmt टाइप गरेर 34848 मा पठाए सडकको स्थितिको बारेमा सूचना सर्वसाधारणले प्राप्त गर्न सक्नेछन् ।

‘यो सडकखण्डमा पटकपटक पहिरो गएर सडक अबरुद्ध भइ सर्वसाधारणले दुःख पाउने गरेको हुँदा नारायणगढदेखि मौवा खोलासम्मको ताजा अपडेट लागि यो सेवा सुरु गरेको हौं’, महाशाखाले भनेको छ ।

यसमा तपाइको मत