मानसरोबर यात्रामा गएका १६ सय भारतीय तीर्थयात्री अलपत्र,स्वराजद्वारा उद्धारका लागि आग्रह


काठमाडौं, असार १९ । लगातारको अविरल वर्षाका कारण कैलाश मानसरोबर यात्रामा गएका झण्डै १६ सय भारतीय तीर्थयात्री अलपत्र परेका छन् । वर्षाका कारण सडक अवरुद्ध हुँदा करिव ५०० तिब्बती क्षेत्रमा र बाँकी सिमिकोट तथा हिल्सामा क्षेत्रमा रोकिएका छन ।

भारतीय दूतावासका अनुसार ५२५ तीर्थयात्री सिमिकोट र ५५० हिल्सामा रोकिएका छन् । उनीहरुका लागि खाद्यान्न र बस्ने व्यवस्थाका लागि आफ्ना प्रतिनिधिहरु त्यसतर्फ लागेको भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुलाई सुर्खेत, जुम्ला, मुगु हुँदै वा सेनाको हेलिकोप्टरबाट उद्दार गर्ने प्रयास भइरहेको छ ।

हिल्सामा रहेका तीर्थयात्रीहरुका लागि उपलब्ध भएसम्म खाना र आवासको व्यवस्था गर्न हिल्ला चेकपोष्टस्थित प्रहरीलाई आग्रह गरिएको दूतावासले जनाएको छ ।

भारतीय विदेश मन्त्री सुष्मा स्वराजले नेपालमा भारी वर्षाका कारण अलपत्र परेका भारतीय तीर्थयात्रीलाई उद्धारका लागि नेपाली सेनालाई हेलिकप्टरबाट उद्धार गर्न आग्रह गरेकी छिन् ।

 

Sushma Swaraj@SushmaSwaraj

Pl RT
Pranav Ganesh First Secy +977-9851107006
Tashi Khampa +977-98511550077
Tarun Raheja +977 9851107021
Rajesh Jha +977 9818832398
Yogananda +977 9823672371 (Kannada)
Pindi Naresh +977 9808082292 (Telugu)
R Murugan +977 98085006 (Tamil)
Ranjith +977 9808500644 (Malayalam)

Twitter Ads info and privacy

भारी वर्षाका कारण नेपालगञ्जबाट कर्णालीका पहाडी जिल्लाका लागि हुने हवाई उडान सेवा ठप्प भएको छ ।

Sushma Swaraj@SushmaSwaraj

We have requested Government of Nepal for army helicopters to evacuate stranded Indian nationals. /4 

Twitter Ads info and privacy

यसमा तपाइको मत