ओखलढुङ्गामा जिप दुर्घट्ना २ जनाको मृत्यु ,३ जनाको अवस्था गम्भिर


ओखलढुङ्गा, असार २० । मुलखर्कबाट ओखलढुङ्गा तर्फ आउदै गरेको जिप दुर्घटना हुँदा दुई जनको मृत्यु भएको छ । आज विहान सुनकोसी गाउँपालिकाको मूलखर्क भन्ने स्थानवाट ओखलढुङ्गाको सदरमुकामका लागि छुटेको बा १५ च ८८४३ नम्बरको जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जनाको अवस्था गम्भिर रहेको छ ।  दुर्घटना भएको जीप सडकवाट करीब ३ सय मिटर तल खसेको सुनकोशी गाउँपालिकाका प्रमुख रुद्र प्रसाद अधिकारीले जानकारी दिए ।

घाईतेहरुको उद्धार गरि उपचारका लागि ओखलढुङ्गा अस्पताल पठाईएको छ । घाईते तिनैजनाको अवस्था गम्भिर छ । घटनामा परि मृत्यु भएकाको सनाखत हुन सकेको छैन । जीपमा कती यात्रु थिए केही खुलेको छैन ।

यसमा तपाइको मत