रसुवामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु


रसुवा, असार २० । रसुवामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आमाछोदिङमो गाउँपालिका ५ सिम्बुमा हिजो बेलुकी बा १७  प ५३४५ नम्बरको जीप दुर्घटना हुँदा मोरङका ४५ वर्षिय शिवगंज राजवंशी र दाङका २४ वर्षिय विकास घर्तिको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाईते दुई जनाको जिल्ला अस्पताल धुन्चेमा उपचार भैरहेको छ । हाइड्रो पावरको केमिकल लिएर जाने क्रममा हिजो बेलुकी जिप अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरी चौकी थाम्बुले जनाएको छ । जीप चालक फरार छन ।

यसमा तपाइको मत