धादिङ केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प


धादिङ, असार २१ । धादिङको झारलाङ केन्द्रबिन्दु भएर आज बिहान परकम्प गएको छ । बिहान ७ बजेर २१ मिनेट जाँदा धादिङ झारलाङ केन्द्रविन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

२०७२ बैशाख १२ गतेको गोरखा भूकम्पको परकम्प गएको केन्द्रले जनाएको छ । यसअघि असार १४ गते धादिङको सुनौलोबजार केन्द्रबिन्दु भई ५ रेक्टरको परकम्प गएको थियो । केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार गोरखा भूकम्पयता हालसम्म चार रेक्टर स्केलभन्दा माथिका ५०० परकम्प गइसकेका छन् ।

यसमा तपाइको मत