लागू औषध गाँजासहित दुई जना पक्राउ


काठमाडौं, असार २१ । प्रहरीले गएराती लागू औषध गाँजासहित दुई जनालाई पक्रेको छ । काठमाडौं कोटेश्वरबाट १ किलो गाजाँ सहित काभ्रे कात्तिके देउरालीका एके परियार र भक्तपुर नगरकोटका सानोभाइ परियार पक्राउ परेका हुन् ।

उनीहरुलाई प्रहरी बृत्त कोटेश्वरमा राखेर अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ । यस्तै काठमाडौंको सोह्रखुट्टे नयाँबजारबाट गैँडाको खाग जस्तो देखिने बस्तु सहित दुई जनालाई प्रहरीले पक्रेको छ ।

गएराती शंका लागेर चेक गर्दा बा ७७ प ७५४० नम्वरको मोटरसाइकलमा चढेका प्रकाश धामी र गगन बुढा गैँडाको खाग जस्तो देखिने बस्तु सहित पक्राउ परेका हुन् । प्रहरीले धामी र बुढाको साथबाट बरामद भएको बस्तुको परिक्षण हुन भने बाँकी रहेको जनाएको छ ।

यसमा तपाइको मत