उर्जा व्यापारका बिषयमा नेपाल र भारतबीच आज वार्ता


काठमाडौं, असार २१ । नेपाल र भारतबीच आज उर्जा व्यापारका बिषयमा वार्ता हुने भएको छ । नेपाल विद्युत प्राधिकरण र भारतको केन्द्रिय विद्युत् प्राधिकरणको टोलीबीच भारतमा वार्ता हुने तय भएको छ ।

आज र भोली दुइ दिनसम्म चल्ने बार्तामा दुई देशका प्रतिनिधिबीच उर्जा र व्यापार आदन–प्रदानका बिषयमा छलफल हुने नेपाल–भारत उर्जा व्यापार समितिले जनाएको छ । नेपालका तर्फबाट विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितको टोली वार्तामा सहभागी हुन भारत पुगेको परराष्ट्र मन्त्रालयका भारत डेस्क हेर्ने सह–सचिव भृगु ढुंगानाले जानकारी दिए ।

नेपालले भारतलाई विद्युतको मूल्य नबढाउन आग्रह गर्ने तयारी गरेको ढुंगानाले बताए । अहिले भारतमा बिद्युत् महसुल बढेको छ । यसैलाई आधार मानेर भारतीय पक्षले नेपालमा आयात हुने विद्युत्को महसुल दर पनि बढाउने संभावना भएकाले विद्युत्को दर नवढाउन आग्रह गर्ने नेपालले तयारी गरेको हो ।

यसमा तपाइको मत