झाँक्रीको भर परेर स्वास्थ्य संस्थामा नलैजाँदा नुवाकोटमा सुत्केरीको मृत्यु


नुवाकोट, असार २१ । नुवाकोटको दुप्चेश्वरमा झाँक्रीको भर परेर स्वास्थ्य संस्थामा नलैजाँदा गएराती सुत्केरीको मृत्यु भएको छ । दुप्चेश्वर गाउँपालिका वडा नम्वर ४ बेतिनी हिलेकी २४ वर्षीया सुत्केरी माइली तामाङको मृत्यु भएको हो ।

हिजो दिउँसो सुत्केरी भएकी माइली तामाङको साल नझरेपछि स्वास्थ्य संस्थामा नलगी उनको परिवारले धाँमी झाँक्री लगाएका थिए । धामी झाँक्री लगाउँदा पनि साल नझरेपछि गएराति स्वास्थ्य संस्था लैजाने क्रममा उनको मृत्यु गएको बेतिनी स्वास्थ्य चौकीका अहेव मुक्तलाल श्रेष्ठले बताए ।

घरमै बच्चा जन्मिएपछि साल नझरेकाले धेरै रक्तश्राव भएका कारण उनको मृत्यु भएको अहेव श्रेष्ठले बतए ।

यसमा तपाइको मत