नेपाल–चीन व्यापार सहजीकरण समितिको बैठक काठमाडौंमा सुरु


काठमाडौं, असार २१ । नेपाल–चीनको तिब्बत व्यापार सहजीकरण समितिको बैठक काठमाडौंमा सुरु भएको छ । केरुङ र तातोपानी नाका खुलाउन आवश्यक तयारी गर्ने मूल एजेन्डासहित आठौँ नेपाल–तिब्बत व्यापार सहजीकरण समितिको बैठक काठमाडौंमा सुरु भएको हो ।

बैठकले तातोपानी नाका आगामी कात्तिक भित्र खुलाइसक्ने गरी आवश्यक पूर्वाधार निर्माणको कामलाई अघि बढाउने लगायत निर्णय लिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजुले जानकारी दिए ।

दुई दिनसम्म चल्ने बैठक नेपाल–चीनबीच हुने व्यापारलाई सहज बनाउने विषयमा पनि छलफल केन्द्रित हुनेछ । बैठकले केरुङ र तातोपानी नाकामा चीनको आर्थिक सहयोगमा निर्माण हुने पुल छिटो सम्पन्न गर्न आवश्यक कार्ययोजना पनि तय गर्नेछ ।

बैठकमा समितिले नेपालको उद्यम विकासका लागि चीनको लगानी भित्रयाउने विषयमा पनि छलफल हुने सहसचिव सैंजुले जानकारी दिए ।

यसमा तपाइको मत