माइक्रो बस दुर्घटना हुँदा १८ जना घाईते, २ जनाको अवस्था गम्भिर


धनकुटा, असार २२ । धनकुटामा माइक्रो बस दुर्घटना हुँदा १८ जना घाईते भएका छन । घाईते मध्ये २ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ ।

गम्भिर घाईते हुनेमा धनकुटा ६ की ५० वर्षिया कमला भुजेल र पाख्रिबास नगरपालिका ५ का १८ वर्षिय सुरज तामाङ रहेका छन । धनकुटाको हिलेबाट धरानतर्फ जाँदै गरेको को १ ख २८४७ नम्बरको माइक्रोबस बिहान करिब साढे ८ बजे धनकुटा नगरपालिका –७ स्थित रमाइलो घुम्तीमा ब्रेक फेल भएर दुर्घटना भएको हो ।

गम्भिर घाइतेहरुको जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसकेपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र अन्य १६ जनाको भने जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको धनकुटाका प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए ।

यसमा तपाइको मत