प्रतिनिधीसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्दै


काठमाडौं, असार २२ । संघिय संसद अन्तरगत आज प्रतिनिधीसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्दैछ । प्रतिनिधीसभाको बैठक दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा लेखापरिक्षण सम्बन्धि विद्येयकमाथि छलफल गरी पारित गर्ने कार्यसुचि रहेको संसद सचिवालयका सहायक प्रबक्ता केशव अर्यालले जानकारी दिएको छ ।

यस्तै आजको बैठकमा संसदिय सुनुवाई समिती गठन हुने संभावित कार्यसुचि रहेको प्रबक्ता अर्यालले बताए । संसदको अरु समितीहरुमा प्रतिपक्षी दलले नाम नदिएपनि संसदिय सुनुवाई समितीका लागि नाम पठाइसकेकोले आज गठन हुने सम्भवना रहेको संसद संचिवालयले जनाएको छ । संसद नियमावली अनुसार संसदिय सुनुवाई समितीमा प्रतिनिधिसभाका १२ र राष्ट्रियसभाका ३ गरी १५ जना सदस्य रहने ब्यवस्था छ ।

प्रतिनिधिसभामा गठन हुने विभिन्न १० वटा विषयगत समितीमा रहने सांसदहरुको नामावली नेकपासहितका सत्तपक्षिय दलहरुले बुझाइ सकेपनि प्रतिपक्षी कांग्रेस र राजापाबाट आउन बाँकी रहेको संसद सचिवालयले जनाएको छ ।

यसैबिच राष्ट्रियसभाको बैठक आज बिहान ११ बजे देखि सुरु भएको छ । बैठकमा आज विनियोजन विधयेकमाथिको छलफल सक्ने कार्यसुचि छ । आज रक्षा, परराष्ट्र, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालय का खर्च शीर्षकमाथि छलफल सकेसंगै विनियोजन विद्येयकमाथिको छलफल सक्ने संसद सचिवालयका सहायक प्रबक्ता अर्यालले बताए ।

यसमा तपाइको मत