संसदिय सुनुवाइ समितीमा रहने तीन सदस्यहरुको नाम स्विकृत


काठमाडौं, असार २२ । राष्ट्रियसभाबाट संसदिय सुनुवाइ समितीमा रहने सदस्यहरुको टुंगो लागेको छ । आज बसेको राष्ट्रियसभा बैठकले राष्ट्रियसभाका तर्फबाट पठाउने सदस्यहरुको नाम स्विकृत गरेको हो ।

बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समितिमा राष्ट्रियसभाका तर्फबाट प्रतिनिधित्व गर्ने तीन जनाको नाम घोषणा गरे पछि स्विकृत गरेको छ । समितिमा सुमनराज प्याकुरेल, नन्दा चपाई र जितेन्द्रनारायण देवले प्रतिनिधित्व गर्ने प्रस्ताव अध्यक्ष तिमिल्सेनाले  प्रस्ताव गरेको थियो ।

पन्ध्र सदस्सीय सुनुवाइ समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रियसभाबाट तीनजना मनोनयन गर्ने प्रावधान छ । समितिमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदेन सदस्य हुने ब्यवस्था छ ।

यसमा तपाइको मत