नियमावलीलाई अन्तिम रुप दिन नेकपाले गठन ग¥यो तीन सदस्यीय कार्यदल


काठमाडौं, असार २३ ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीको प्रस्तावित नियमावलीलाई परिमार्जन सहित अन्तिम रुप दिन तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

नेकपाका नेताद्धय बामदेव गौतम, रामबहादुर थापा (बादल) र महासचिव विष्णु पौडेल रहेको कार्यदललाई ३ दिन भित्र नियमावलीलाई प्रकाशन हुने गरी अन्तिम रुप दिन कार्यादेश पनि दिइएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

अस्ति बिहिबार अपरान्ह बसेको पार्टी स्थायी समिति बैठकले नियमावलीलाई टुंगो लगाउने जिम्मेवारी पार्टीको केन्द्रिय सचिवालयलाई दिएको थियो ।

कार्यदलले तयार पारेको सुझावसहितको नियमावलीलाई आगामी मंगलबार बस्ने सचिवालय बैठकले अनुमोदन गरेर सोही दिन प्रकाशनका लागि पठाउने पनि नेकपाको आज बसेको बैठकले निर्णय गरेको छ ।

यता प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जस्ताको तस्तै ल्याउन र आफू नेतृत्वको अघिल्लो सरकारले गरेको निर्णय खारेज गर्ने सरकारको निर्णय फिर्ता नलिए सडक र  सदनबाट सरकारको विरोध गर्ने चेतावनी सहित प्रर्दशन गर्दै आएको छ ।

सोही सम्बन्धमा पार्टी भित्र समान धारणा तय गर्न आगामि मंगलबार पुनः सचिवालय बैठक बोलाइएको नेकपाले जनाएको छ  ।

यसमा तपाइको मत