छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु


काठमाडौं, असार २४ । काठमाडौमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । भोटाहिटी चोकमा गएराती मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

गएराती पौने १ बजे ना ६ ख ३५२० नम्बरको रोकिराखेको ट्रकमा बा ५८ प ६५५९ नम्बरको मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको हो । एक जना घाइते भएका छन् । ट्र

कमा ठोक्किदा भक्तपुर ठिमी नगरपालिका १० बस्ने बर्ष २६ का नरम वनको मृत्यु भएको हो । मोटरसाइकको पछाडी बस्ने मुरारी झा घाइते भएको प्रहरीले जनाएको छ । त्यस्तै काठमाडौ चुच्चेपाटीमा दुइ वटा मोटरसाइकल ठोक्किदा बाबु छोरीको मृत्यु भएको छ ।

बा ५७ प ५००५  र बा ९० प ९० ८३ नम्वरको मोटरसाइकल ठोक्किदा बा ९० प ९० ८३ नम्वरको मोटरसाइकलमा सवार चुच्चेपाटी बस्ने ४८ बर्षिय कुमार श्रेष्ठ र पछाडी बसेकी उहाँकी ४ बर्षिय छोरी यरियाको मृत्यु भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । दुर्घटनामा गम्भिर घाईते भएका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत