गौतमबुद्ध विमानस्थल एक बर्ष भित्र सञ्चालन गर्ने सरकारको तयारी


काठमाडौं, असार २४ । सरकारले गौतमबुद्ध विमानस्थल एक बर्ष भित्र सञ्चालन गर्ने दाबी गरेको छ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिदैँ पर्यटन मन्त्री रविन्द्र अधिकारीले सरकार गठनको पछिल्लो चार महिनामा विगतको भन्दा दोब्बर काम भएकोले एक बर्षभित्र संचालन हुने दावि गरे ।

मन्त्रालयले आयोजना, निर्माण व्यवसायी तथा सम्बद्ध पक्षलाई थप सशक्त तवरले परिचालन गरिरहेको मन्त्री अधिकारीले बताए । विमानस्थलको करीब ५० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत