मुस्ताङ टिपर दुर्घटनाका परिवारलाई पाँच-पाँच लाख दिने सरकारको घोषणा


काठमाडौं, असार २५ । सरकारले गत शुक्रबार मुस्ताङमा टिपर दुर्घटनामा परी मृत्यु भएका परिवारलाई पाँच/पाँच लाख रुपैयाँ दिने घोषणा गरेको छ।

गृहमन्त्री रामबहादुर थापा बादलले आज प्रतिनिधिसभालाई घटनाबारे जानकारी गराउँदै मृतकका परिवालाई पाँच लाख दिने  बताएका हुन्।

विरुवा कन्ट्रक्सनले स्थानीय बाटो निर्माण गर्ने क्रममा खाना खाएर काममा फर्किने क्रममा दुर्घटना भएको गृहमन्त्री थापाले संसदलाई जानकारी दिए।

टिपरमा ३२ जना सवार भएको र जसमध्ये २० जनाको मृत्यु भएको थापाले बताए। घाइतेहरुको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था चिन्ता मुक्त गरेको
गृहमन्त्रीले जानकारी दिए।

तर, घाइतेहरुको उपचारमा सरकारले सहयोग गर्ने नगर्नेबारे संसदलाई केही पनि जानकारी दिएनन्।

यसमा तपाइको मत