राष्ट्रियसभा बैठकमा आज डा.केसीका मागबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश हुने


काठमाडौं, असार २६ । राष्ट्रियसभाको बैठकमा आज अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य उपचार र जीवन रक्षा सम्वन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत हुने भएको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ तत्काल सदन समक्ष प्रस्तुत गर्न र अनसनरत डा.केसीको जीवन रक्षा गर्ने सम्वन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो तीन बजे बस्ने बैठकमा सांसद राधेश्याम अधिकारीले उक्त प्रस्ताव प्रस्तुत गर्दैछ । चिकित्सा शिक्षा विद्येयक हुवहु कार्यान्वयन गर्नुपर्ने माग राखेर डा केसी कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानमा आमरण अनसनमा छन् । सरकारले भने डाक्टर केसीका माग हुवहु कार्यान्वयन गर्न नसकिने बताउँदै आएको छ ।

यसमा तपाइको मत