डा.केसीको समर्थनमा चिकित्सक संघले थप आन्दोलनका कार्यक्रम तय गर्दै


काठमाडौं, असार २६ । नेपाल चिकित्सक संघले आमरण अनसनमा रहेका डाक्टर गोविन्द केसीको समर्थनमा थप आन्दोलनका कार्यक्रम तय गर्न आज छलफल गर्ने भएको छ ।

चिकित्सक संघको कार्यालयमा दिउँसो २ बजे बैठक बसेर थप आन्दोलनका कार्यक्रम तय गर्ने संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले बताए । डा केसीको माग सम्वोधनका लागि संघले सरकारलाई ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराउदा समेत बेवास्ता भएपछि अन्य बिरोधका कार्यक्रमहरु तय गर्न लागेको श्रेष्ठले बताए ।

संघले केसीका माग पूरा गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो । सरकारले भने अस्पतालमा हड्ताल नगर्न चिकित्सकहरुलाई चेतावनी दिएको छ ।

यसमा तपाइको मत