विश्वकप फुटबलमा सट्टाबाजी लगाउँदै गरेका ३ जना पक्राउ


काठमाडौं, असार २६ । विश्वकप फुटबलमा  ४ लाखको सट्टाबाजी लगाउँदै गरेको अवस्थामा प्रहरीले काठमाडौंबाट ३ जनालाई पक्रेको छ ।

पक्राउ पर्नेमा मनाङ निसाङ गाउँपालिका–७ का ४२ वर्षीय मुखिया लामा, २४ वर्षीय सुवास गुरुङ र  ३३ वर्षीय मुखिया गुरुङ छन् ।

उनीहरूमाथि सार्वजनिक अपराध मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी प्रहरी वृत्त दरवारमार्गमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत