थाइल्याण्डको गुफामा फसेकामध्ये बाँकी ५ जनाको उद्धार कार्य जारी


थाइल्याण्डको एक गुफामा दुई सातादेखि फसेका १३ जनामध्ये बाँकी ५ जनाको उद्दार कर्य जारी राखिएको छ । आज तेस्रो दिन पाँचै जनालाई गुफाबाट बाहिर निकाल्न सकिने अपेक्षा उद्दारकर्मीहरुले गरेका छन् ।

हिजो चार जना बालकको सकुशल उद्दार गरिएपछि अक्सिजनको कमी भएका कारण उद्दार कार्य रोकिएको थियो । गुफामा फसेका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षकमध्ये पहिलो दिन अस्ति ४ र हिजो ४ जना बालकको सकुशल उद्दार गरिएको थियो ।

पहिलो दिन बालकहरुलाई बाहिर निकाल्न ११ घण्टा र दोस्रो दिन ९ घण्टा लागेको थियो । उद्दारका लागि १९ जना विशेष गोताखोरको टोली गुफाभित्र छिरेको बीबीसीले जनाएको छ ।

गुफामा बाँकी चार बालक र उनीहरुका प्रशिक्षकको स्वास्थ्य अवस्था ठिक रहेको छ । उद्दार गरिएका आठ जनालाई भने उपचारका लागि अस्पताल भर्ना गरिएको छ । उ

नीहरुको नाम सार्वजनिक गरिएको छैन र अस्पतालमा अभिभावकलाई पनि भेट्न दिइएको छैन । गएको जुन २३ मा फुटबल प्रशिक्षण सकेर गुफा घुम्न गएका १२ बालक र उनीहरुका प्रशिक्षक पानीको सतह बढेपछि बाहिर निस्कन नसकेका हुन् ।

यसमा तपाइको मत