सुनुवाइ समितिको पहिलो बैठक :तीन सदस्यीय उपसमिति गठन


काठमाडौं, असार २६ । संसदीय सुनुवाइ समितिको पहिलो बैठक आज सिंहदरबारमा बसेको छ । ज्येष्ठ सदस्य तथा राजपा सांसद लक्ष्मणलाल कर्णको अध्यक्षतामा बसेको बैठकले समितिको काम कारबाहीबारे कार्यबिधि बनाउन तीन सदस्यीय उपसमिति गठन गरेको छ।

उपसमिति सदस्यहरूमा नेकपाका योगेशकुमार भट्टराई, नेकपाकै शिवकुमार मण्डल (केबत) र कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतम रहेका छन्। उपसमितिको म्याद दुई दिन तोकिएको छ।

संघीय संसदको पहिलो बैठक बसेको चार महिनापछि समिति हिजो गठन भएको हो । समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रिय सभाबाट तीन गरी १५ सदस्य रहेका छन् । समितिमा राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख र कानुनमन्त्री पदेन सदस्य रहने व्यवस्था छ ।

यसमा तपाइको मत