मौद्रिक नीति आज सार्वजनिक हुँदै


काठमाडौं, असार २७ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति आज सार्वजनिक गर्दैछ । दिउँसो २ बजे होटल ¥याडिसनबाट गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गर्नेछ ।

विहान बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गरेको छ । ठूला बैंकबीचको मर्जर तथा प्राप्तिको नीति, शेयर बजारमा मार्जिङ लेन्डिङ (शेयर धितो) बढाउने, घर जग्गामा कडाई गर्ने र अटो ऋण पनि घटाउने तयारीमा राष्ट्र बैंकले छलफल गरेपनि यी विषयमा मौद्रिक नीतिले अघिल्लो वर्षकै व्यवस्थालाई निरन्तरता दिने भएको छ ।

सुन आयातको जिम्मा यस वर्ष पनि वाणिज्य बैंकलाई मात्रै दिने व्यवस्थालाई मौद्रिक नीतिमा समाबेश गरिएको छ । सरकारले राखेको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा हुने र त्यसको लागि आवश्यक तरलता व्यवस्थापन गरिने भन्ने विषयमा नीति बोल्नेछ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले प्रदेशगत बजेट विश्लेषण लगायतका अन्य प्राविधिक कारणले मात्रै मौद्रिक नीति ल्याउन ढिला भएको बताएको छ ।

यसमा तपाइको मत