पाकिस्तानको पेशावरमा आत्मघाती आक्रमण १४ जनाको मृत्यु, ६५ जना घाईते


पाकिस्तानको पेशावर शहरमा भएको आत्मघाती बम आक्रमणमा कम्तिमा १४ जनाको मृत्यु भएको छ । अन्य ६५ जना घाइते भएका छन् । एक चुनावी बैठकमा भएको आत्मघाति बिस्फोटमा अवामी नेशनल पार्टी (एएनपी) का नेता हारुन बिल्लौरसहित अन्य नेता कार्यकर्ताको मृत्यु भएको हो ।

आत्मघाती बिस्फोटका क्रममा बैठकमा कम्तिमा ३ सय भन्दा बढी मानिस उपस्थित थिए । बिस्फोटमा गम्भीर घाइते भएका नेता बिल्लौरको लेडि रिडिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

अन्य घाइतेको सोही अस्पतालमा उपचार भइरहेको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् । बिस्फोटको जिम्मा कसैले पनि लिएको छैन ।

यसमा तपाइको मत