नेकपाको विधान र कार्यविधि सचिवालय बैठकबाट पारित


काठमाडौं, असार २७ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयको बैठकले पार्टीको विधान र कार्यविधि टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहिदिनदेखि जारी विधान र कार्यविधिमाथिको छलफलपछि आज यसलाई अन्तिम रुप दिइएको नेकपाले जनाएको छ ।

सचिवालय बैठकले आज पास गरेको पार्टीको विधान र कार्यविधीमाथि प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तिम छलफल गरेर प्रकाशनका लागि निर्देशन दिने प्रचण्डको सचिवालयले जनाएको छ ।

छलफल सकेर एक/ दुई दिनभित्र प्रकाशनका लागि पठाउने नेकपाको तयारी छ ।

यसमा तपाइको मत