पुननिर्माण प्राधिकरणका सव–ईन्जिजियर ५ लाख घुससहित पक्राउ


काठमाडौं, असार २७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पुननिर्माण प्राधिकरणका सव–ईन्जिजियर लोक बहादुर थापालाई ५ लाख रुपैँया घुससहित पक्राउ गरेको छ ।

प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई नुवाकोट अन्तर्गत शिक्षा कार्यालय मातहतमा कार्यरत थापालाई विद्यालय निर्माणपछि सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ गरेको आयोगले जनाएको छ ।

बिद्यालय भवन निर्माण पश्चात रनिङ विल भुक्तानीका क्रममा सेवाग्राहीसँग घुस मागेको उजुरी एवं सूचनाको आधारमा आयोगको कार्यालय टङ्गालबाट खटिएको टोलीले थापालाई पाँच लाख घुस रकमसहित काठमाडौंको सामाखुसीस्थित रातो भाले फाष्टफुड रेष्टुरेन्टवाट नियन्त्रणमा लिएको हो ।

थापामाथी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

यसमा तपाइको मत