दलित समुदाय द्धारा प्रदेश नम्बर—२ को प्रदेशसभा घेराउ


जनकपुर, असार २७ । प्रदेश नम्बर—२ सरकारले ल्याएको प्रदेश प्रहरी विधेयकको विरोध गर्दै दलित समुदायले प्रदेश सभा घेराउ गरेको छ । सदनमा प्रस्तुत विधेयकमा भएको आरक्षणको व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै दलित समूदायले प्रदेश—२ को प्रदेशसभा घेराउ गरेको हो ।

पहिलो चरणको आन्दोलन अन्तर्गत आज प्रदेशसभा घेराउ  गरेकोे दलित अधिकार परिषद्ले  जनाएको छ । प्रदेश २ मा ६ दशमलव ६१ प्रतिशत जनसंख्या रहेको आदिवासी जनजातीलाई १५ प्रतिशत र १७ दशमलव २९ प्रतिशत जनसंख्या रहेको दलितलाई जम्मा ७ प्रतिशत आरक्षणको प्रस्ताव गरिएको भन्दै आन्दोलन गर्नुपरेको परिषद्ले जनाएको छ

यसमा तपाइको मत