सेयरबजार परिसूचक दोहोरो अंकले बृद्धी


काठमाडौं, असार ३२ । साताको दोस्रो दिन सेयरबजार परिसूचक दोहोरो अंकले बढेको छ । कारोबारमा आएका अन्य बाहेकका सबै समुहगत परिसूचक उकालो लागेपछि नेप्से परिसूचक १२ दशमलव २७ अंकले बढेर १२ सय १२ दशमलव ३६ अंकमा पुगेको छ ।

आजको बजारमा १ सय ५९ कम्पनीको ११ लाख ७६ हजार ५ सय ९२ कित्ता सेयर ३१ करोड ८५ लाख ८२ हजार ९ सय ३८ रुपैँयामा कारोबार भएको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलव ३९ अंकले बढेको बजारमा समग्र कारोबार मापन गर्ने फ्लोट इन्डेक्स १ दशमलव ०१ अंकले उकालो लागेको छ ।

सबै समुहको कारोबार भएको आजको बजारमा बीमा समुह १ सय ४७ दशमलव ०२ अंकले बढ्दा, अन्य समुह २ दशमलव ६७ अंकले घटेको छ । हिजो पनि सेयर बजार परिसूचक नेप्से ८ दशमलव ११ अंले बढेको थियो ।

यसमा तपाइको मत