आजदेखि शेयर कारोबारमा अटोमेटेड इलेक्ट्रोनिक ट्रेडिङ सिस्टम लागू


काठमाडौं, साउन १ । सरकारले आजदेखि शेयर कारोबारमा स्वचालित विद्युतीय कारोबार प्रणाली (अटोमेटेड इलेक्ट्रोनिक ट्रेडिङ सिस्टम) लागू गरेकोे छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ अनुसार आज देखि यो प्रणाली लागु गरेको हो ।

शेयर कारोबारलाई थप व्यवस्थित, प्रभावकारी र लगानीमैत्री बनाउने उद्देश्यले यो प्रणाली लागू गरिएको बोर्डले जनाएको छ ।

यो प्रणालीमार्फत् शेयर खरिद विक्री गर्नका लागि कारोबारकर्ताले पहिलो पटक शेयर दलाल कहाँ पुगेर ‘युजरनेम’ र ‘पासवर्ड’ भने लिनुपर्नेछ । त्यसपछि घर, कार्यालय वा इन्टरनेट भएका जुनसुकै स्थानबाट पनि सहजैरुपमा शेयर खरिद वा बिक्री गर्न सकिनेछ ।

यसमा तपाइको मत