अनलाइन कारोबार सुरु गरेको भोलिपल्टै नेप्सेको वेवसाइटमा समस्या


काठमाडौं, साउन २ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेको वेवसाइटमा समस्या देखिएको छ । विहान ११ बजे बजार खुलेदेखि अहिलेसम्म पनि वेवसाइट संचालनमा आउन सकेको छैन ।

अनलाइन कारोबार सुरु गरेको भोलिपल्टै नेप्सेको वेवसाइटमै समस्या देखिएपछि यसको निरन्तरतामा शंका थपिएको छ । नेप्सेका प्रवक्ता मुरारी पराजुलीले कारोबार नरोकिएको तर वेवसाइटमा समस्या देखिएको बताए ।

समस्या समाधानका लागि प्राविधिकहरु लागिरहेको उनले जानकारी दिए । वेवसाइटमा कारोबार नदेखिँदा लगानीकर्ता सूचना पाउन बञ्चित भएका छन् । ब्रोकर अफिस नगई घर वा कार्यालयबाट शेयर खरिद विक्री गर्ने लगानीकर्ता अन्यौलमा परेका छन् । वेवसाइटमा बजार खुला देखिएपनि हिजोकै कारोबार विवरण देखिएको छ ।

यसमा तपाइको मत