संसद र सडकबाट सरकारको प्रतिबाद गर्ने कांग्रेस शीर्ष नेताको निर्णय


काठमाडौं, साउन २ । नेपाली कांग्रेसले सरकार अधिनायकवाद र जनविरोधी भएकाले प्रतिबाद गर्ने निर्णय गरेको छ ।

बुढानिलकण्ठमा आ विहान बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले संसद र सडकबाट सरकारको विरोध गर्ने निर्णय गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्नु पर्ने तथा अध्यादेश अनुसार चिकित्सा शिक्षा विधेयक आउनु पर्ने माग पनि कांग्रेसले गरेको छ । त्यसका लागि सरकारलाई दबाब दिने र आन्दोलन गर्ने निर्णय भएको पौडेलले बताए ।

यसमा तपाइको मत