रुकुम पुर्वमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु


रुकुम, साउन २ । रुकुम(पूर्व)को सिस्ने गाउँपालिका पाँचमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। रुकुमकोटबाट साही गाउँपालिकाको धौलापैरा भन्ने ठाउँमा जाँदै गरेको लु१ज २५७३ नम्बरको जिप धारपानीमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो। मृतकको पहिचान हुन सकेको छैन।

दुर्घटनामा परी केही यात्रु घाइते पनि भएका छन्। घाईतेलाई उद्धार गरी स्वास्थ्य संस्थासम्म ल्याउने काम भइरहेको छ। नेपाली सेना, प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन्। घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व)ले जनाएको छ।

यसमा तपाइको मत