डा.केसीको पक्षमा आज वृहत्त आन्दोलनको तयारी


काठमाडौं, साउन ५ । मानव अधिकारकर्मी, नागरिक अगुवा र डा गोविन्द केसीको समर्थनमा रहेका चिकित्सकहरुले आज केसीको जीवन रक्षाको माग गर्दै विरोध प्रर्दशन गर्ने भएका छन् ।

सोलिडारिटी एलाईन्सर फर डाक्टर गोविन्द केसीको आयोजनामा दिउँसो १२ बजेपछि विरोध प्रर्दशन गर्न लागेको हो । प्रदर्शनमा पुर्वप्रधानन्यायाधिशद्धय सुशीला कार्की, कल्याण श्रेष्ठ, नेपाली कांग्रेसका नेता गगन थापा, माथेमा कार्यदलका संयोजक प्राध्यापक डाक्टर केदारभक्त माथेमा, नागरिक अगुवा कृष्ण पहाडी, नायिका मनिषा कोईराला, लेखक श्याम श्रेष्ठ, खगेन्द्र संग्रौलालगायत सहभागी हुने आयोजकले जनाएको छ ।

त्यस्तै बिवेकशिल साझा पार्टी, नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दल लगायत राजनीतिक दल तथा तिनका भ्रातृ संगठन पनि सहभागी हुदैछन् ।  २२ दिनदेखि अनसनरत केसीका माग पूरा गराउन भन्दै दिनहुँजसो आन्दोलन चलिरहेको छ ।

सरकारले वार्ताको प्रयास नगरेको केपी पक्षधरले आरोप लगाएका छन । सरकारले भने डा केसीसंगै वार्ता गर्ने तयारी भैरहेको जनाएको छ । केसीको स्वाथ्य अवस्था ठिक भएपछि केसीसँगै वार्ता गरेर निकास निकाल्ने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले बताएको छ । माग पुरा नभएसम्म अनसन नतोड्ने डा केसीको अडान छ ।

यसमा तपाइको मत