मुल्य घटाएको भन्दै आज पनि सडकमा दुध पोखेर विरोध प्रदर्शन


चितवन, साउन ६ । चितवनका दुग्ध किसानहरुले आज पनि सडकमा दुध पोखेर मुल्य घटाएको भन्दै विरोध प्रदर्शन गरेका छन् । खैरहनी नगरपालिका वडा नबर १ ज्यामिरे चोकमा २ सय लिटर दूध सडकमा पोखेर किसानले विरोध प्रदर्शन गरेका हुन् ।

खैरहनीमा रहेका २४ सहकारी संस्थाका प्रतिनिधिहरुले सांकेतिक रुपमा दूध सडकमा पोखेका हुन् ।

दुग्ध विकास संस्थान (डिडिसी)ले दूधको गुणस्तरको आधारमा २५ प्रतिशत अतिरिक्त रकम दिने गरेको छ । त्यो रकम अहिले संस्थानले कटौती गरेपछि किसानले प्रितिलिटर ३ रुपैयाँ घटेको छ ।

यसमा तपाइको मत