साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो


काठमाडौं, साउन ६ । साताको पहिलो दिन आज सुनचाँदीको बजारमूल्य बढेको छ । गत साताको तुलनामा आज छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैँयाले बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन प्रतितोला ५६ हजार ८सय रुपैँया र तेजावी सुन प्रतितोला ५६ हजार ५ सय रुपैँयामा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाला सुन प्रतितोला ५६ हजार ५ सय रुपैँयामा कारोबार भएको थियो । आज चाँदी प्रतितोला सात सय ४० रुपैँयामा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत